असोज ३० गते २०८३ || October 16, 2026

इजरायलमाथि इरानको ‘ट्रु प्रोमिस ३’ आक्रमण : इरानमा ७८ को मृत्यु


शनिबार, जेठ ३१ २०८२१०:५५

इजरायलमाथि इरानको ‘ट्रु प्रोमिस ३’ आक्रमण :  इरानमा ७८ को मृत्यु

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इजरायलमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गरेको पुष्टि गरेको छ। गार्डको विज्ञप्तिमा इजरायलका ‘दर्जनौँ सैन्य सुविधा, हवाई अड्डा र अन्य लक्ष्य’ मा आक्रमण गरिएको उल्लेख छ। यो कारबाहीलाई ‘ट्रु प्रोमिस ३’ नाम दिइएको छ।

इजरायली सेनाले इरानबाट भएको क्षेप्यास्त्र आक्रमण रोक्न आफ्नो रक्षा प्रणाली सक्रिय रहेको जनाएको छ। टाइम्स अफ इजरायलका अनुसार आक्रमणमा तेल अवीव र जेरुसेलम क्षेत्रमा ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्। एक महिलाको मृत्यु पनि भएको छ। घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ। सेनाले नागरिकहरूलाई अर्को सूचना नभएसम्म घरभित्रै वा सुरक्षित स्थानमा रहन निर्देशन दिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend