असोज ३० गते २०८३ || October 16, 2026

इरानमा इन्टरनेट अस्थायी रूपमा बन्द, एलन मस्कले उपलब्ध गराए स्टारलिङ्कको सेवा


आइतबार, असार १ २०८२११:०४

इरानमा इन्टरनेट अस्थायी रूपमा बन्द, एलन मस्कले उपलब्ध गराए स्टारलिङ्कको सेवा

स्पेसएक्सका संस्थापक एलन मस्कले इरानमा आफ्नो स्याटेलाइटमा आधारित इन्टरनेट सेवा ‘स्टारलिङ्क’ सुचारु गरेका छन् । शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै मस्कले स्टारलिङ्ककको इन्टरनेट उपलब्ध गराएको पुष्टि गरेका हुन् ।

इजरायलले इरानका आणविक केन्द्रमा हमला गरेपछि त्यहाँको इस्लामिक सरकारले इन्टरनेट सेवामाथि अस्थायी प्रतिबन्ध लगाएको थियो । यस्तो अवस्थामा इन्टरनेट सेवा नै अवरुद्ध भएपछि मस्कले यो कदम चालेका हुन् ।

स्टारलिङ्क स्पेसएक्सले निर्माण गरेको स्याटेलाइटमा आधारित इन्टरनेट प्रणाली हो । यसले शहरदेखि इन्टरनेटको पहुँच कठिन हुने ग्रामीण भेगमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउँछ। पृथ्वीको नजिकै परिक्रमा गर्ने यी स्याटेलाइटले तीव्र गतिमा इन्टरनेट प्रदान गर्न मद्दत गर्छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend