कात्तिक १ गते २०८३ || October 17, 2026

श्रीमतीले गरिन् श्रीमान्‌को हत्या


आइतबार, असार १ २०८२०६:०९

श्रीमतीले गरिन् श्रीमान्‌को हत्या

अर्घाखाँचीमा श्रीमतीले श्रीमान्‌को हत्या गरेकी छन् । छत्र देव गाउँपालिका–३, शिस्रेका ३८ वर्षीय रामु कुमाललाई श्रीमतीले हत्या गरेकी हुन्। 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुुर मल्लका अनुुसार, आइतबार (असार १) राति सुतिरहेका आफ्ना श्रीमान्‌लाई मेख मायाले दाउ प्रहार गरेर हत्या गरेकि  हुन्। 

प्रहरीले हत्याको आरोपी मेख मायालाई बिहान नै पक्राउ गर्न सफल भएको छ। उनले हत्या स्वीकार गरिसकेकी छन्। प्रहरीको अनुसन्धानका क्रममा उनीहरूबीच शारीरिक सम्बन्धका कारण मत भेद हुँदै आएको र त्यही विषयमा विवाद हुँदा घटना हत्यासम्म पुगेको हो। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend