असोज ३० गते २०८३ || October 16, 2026

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी


सोमबार, असार २ २०८२१०:५८

सुरक्षित स्थानमा जान  इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी

आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक भइरहेको समयमा इरानले पनि धेरै इजरायलीलाई आफ्नो स्थान छाड्न भनेको छ।

इजरायली सैन्य संरचनाको नजिक रहेका इजरायलीलाई त्यस स्थान छाडेर अन्यत्र सर्न भनेको हो।

कर्णेल रोजा सायदले इरानले प्रहार गर्ने मिसाइल लक्ष्य भन्दा केही पर खसे पनि असर नगर्ने गरी आफूलाई सुरक्षित राख्न इजरायली सर्व साधारणलाई भनेका हुन्।

उनले इरानी सेनाले इजरायलमा प्रहार गर्ने डेटा नै तयार भएका कारण त्यस्ता स्थानमा कसैलाई पनि असुरक्षित रूपले बाहिर नहिँड्न पनि सूचित गरेका छन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend