कात्तिक १ गते २०८३ || October 17, 2026

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु


मंगलबार, असार ३ २०८२१०:५८

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

सोमबार राती ९ बजे लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ ९ को तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ चन्दननाथ नगरपालिका ७ स्थित खल्लाचौरमा दुर्घटनाहुँदा १ जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रोहित रसाइलीले जानकारी दिएका छन्।

दुर्घटनाबाट मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–९ का वर्ष ४८ का जोखे सार्कीको उपचारको क्रममा गएराती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रसाइलीले बताएका हुन्।

सडक बाट करिव २० मिटर तल खसेको थियो। अहिले घाईतेहरुलाई उद्धार गरी उपचारको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्‍याइएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend