असोज ३० गते २०८३ || October 16, 2026

सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घट्यो


मंगलबार, असार ३ २०८२११:०७

सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घट्यो

मंगलबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर २ हजार १६० रुपैयाँमा झरेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend