कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसद्लाई पर्याप्त विधेयक दिएको दाबी गर्दै विद्यालय शिक्षासम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने बताएका छन्।
रासससँग कुरा गर्दै उनले विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक- २०८० अहिले विषयगत समितिमा छलफलको चरणमा रहेको र यसले शिक्षकको समस्या समाधान गर्ने अपेक्षा गरिएको बताए।
सरकारले शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रमा विधेयक अघि बढाएर संसद्लाई भरपुर बिजनेस दिएको मन्त्री चौरसियाको भनाइ छ। त्यस्तै, निजामती सेवा, प्रहरी तथा कानुन व्यवसायी परिषद्सम्बन्धी विधेयक पनि अगाडि बढाइएका छन्।