गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र विस्थापित व्यक्तिहरूको शिविरहरूलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा ३० प्यालेस्टिनीको मृत्यु हुनुका साथै र दर्जनौँ घाइते भएका छन् ।
मध्य गाजा पट्टीको सालाह अल–दिन स्ट्रिटमा बुधबार बिहानै सहायताका लागि पर्खिरहेका मानिसमाथि इजरायली आक्रमणमा ११ जना प्यालेस्टिनी मारिएको र करिब एक सय जना घाइते भएको चिकित्सा स्रोतहरूले बताएका छन् ।
मध्य गाजा पट्टीको माघाजी शरणार्थी शिविरमा रहेको एउटा घरलाई निशाना बनाएर गरिएको आक्रमणमा छ जना मारिएका छन् भने अन्य घाइते भएका छन् । दक्षिणी गाजा पट्टीमा, खान युनिसको अल–मवासी क्षेत्रको अल–अत्तारमा विस्थापित व्यक्तिहरूको शिविरमा इजरायली विमानले आक्रमण गर्दा तीन भाइसहित पाँच प्यालेस्टिनी मारिएको र अन्य धेरै घाइते भएका छन्।