असोज ३० गते २०८३ || October 16, 2026

मकैमा फौजी कीराको समस्या, विषादीको अभाव


आइतबार, असार ८ २०८२११:२७

मकैमा फौजी कीराको समस्या, विषादीको  अभाव

प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी कीराकोे समस्या  देखिएपछि किसान चिन्तित भएका छन् ।  

कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी कीराले मकैबाली नष्ट गर्न थालेको छ । 

मकै बालीमा कीराको समस्या देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको बताए । केन्द्रले  यसअघि  नै इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ । हाल भने कृषि ज्ञान केन्द्रमा पनि उक्त विषादी अभाव छ ।

कीराले मकैको बोट सखाप पार्ने गरेको दोगडाकेदार –७ का दीपेन्द्र कार्कीले बताए । उनले भने, “फौजी कीराले मकैबाली सखाप पारेको छ । उत्पादनमै कमी हुने देखिन्छ ।” लामो समयसम्मको खडेरीका कारण फौजी कीरा बढी सक्रिय भएको हो ।
 
दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको  दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश भट्टले बताए। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend