कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्याको सफल अनुसन्धान गर्ने प्रहरी टिम पुरस्कृत हुने भएको छ।
कैलालीका प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणाले उक्त हत्याको सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दको टिमलाई पुरस्कृत गरिने बताएका हुन्।