असोज ३० गते २०८३ || October 16, 2026

काठमाडौं महानगरपालिकाको बजेट आज पनि नआउने


मंगलबार, असार १० २०८२०४:२३

काठमाडौं महानगरपालिकाको बजेट आज पनि  नआउने

काठमाडौं महानगरपालिकाको बजेट आज नआउने भएको छ । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि काठमाडौंको बजेट भने आज नआउने भएको हो ।

बजेटको तयारीस्वरुप बस्नुपर्ने कार्यपालिका बैठक अझै बस्न सकेको छैन । मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्व बढ्दै जाँदा यहाँको बजेट पनि अन्योलमा परेको हो ।

मेयर शाहको सचिवालयका एक सदस्यका अनुसार, बजेटबारे छलफल गर्नका लागि बैठक बोलाउनेगरी आन्तरिक तयारी भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend