राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा छानबिनका लागि सरकारले गठन गरेको छानबिन समिति स्वीकार गर्न नसकिने बताएको छ। रास्वपाका प्रवक्ता मनीष झाले मंगलबार विज्ञप्ति जारी गर्दै भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी र ठगी जस्तो गम्भीर संगठित अपराधको छानबिन गर्न सरकारले पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा स्वार्थ प्रेरित र कमजोर समिति गठन गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन्।
'निष्पक्ष छानबिनको मर्मविपरीत, कर्मकाण्डी र नागरिकको आँखामा छारो हाल्ने षड्यन्त्रको निरन्तरतामा सरकारद्वारा गठित समिति हामी पूर्णरुपमा अस्वीकार गर्दछौँ' विज्ञप्तिमा उल्लेख छ,'भिजिट भिसा प्रकरण सामान्य प्रशासनिक त्रुटि थिएन, होइन ।