तेहरानस्थित परमाणु केन्द्रहरूमा अमेरिकी आक्रमणपछि इरान समर्थक ह्याकरहरू सक्रिय बन्दै गएका छन् । हालै उनीहरूले अमेरिकाका बैंकहरू, रक्षा ठेकेदारहरू तथा तेल कम्पनीहरूमा साइबर आक्रमण गरेका छन् । यद्यपि, हालसम्म तिनीहरूले महत्वपूर्ण पूर्वाधार वा अमेरिकी अर्थतन्त्रमा ठुलो क्षति पुर्याउन भने सकेका छैनन् ।
यदि इरान–इजरायलबीचको युद्धविराम भंग भयो वा स्वतन्त्र इरान समर्थक साइबर समूहहरूले अमेरिकाविरुद्ध साइबर युद्धको घोषणा कार्यान्वयनमा उतारे भने परिस्थिति थप गम्भीर हुन सक्ने विश्लेषकहरू र साइबर सुरक्षा विज्ञहरूले चेतावनी दिएका छन् ।