भारतमा फसेका ५७ नेपालीहरुको उद्धार गरी गड्डाचौकी नाकामा आइपुगेका निर्देशक जोजीले बन्धक बनाइएको घटनाको बारेमा एक महिना अघि नै थाहा भएपनि ताप्लेजुङको एकजना नेपाली युवा मृतक भेटिएपछि थप संवेदनशिल रुपमा काम गरेको बताए।
उनले भने, ‘यो घटना एक महिना पहिला नै हामीलाई जानकारी आएको थियो। तर जब ताप्लेजुङको एकजना भाई मृतक भेटिए त्यसपछि थप चासो दिएका हौं। ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयबाट उठान भइसकेको उक्त केसलाई संवेदनशिलतापूर्वक हेरेका थियौं। जब उत्तराखण्डको प्रहरीसँगको सहयोगमा फसिरहेका नेपालीहरु भएको क्षेत्रमा पुग्यौं त्यसपछि थप अध्ययन सुरु गरेका हौं। त्यहाँ पुग्दा उनीहरुलाई लाइन लगाएर अन्य मान्छे बोलाउन लगाइरहेको अवस्था थियो। त्यसका लागि केही मान्छेहरु पनि खटाइरहेको थियो। एकदमै फोहोर कोठामा उनीहरुलाई राखिएको थियो। उनीहरुसँग सुत्न–बस्ने राम्रो व्यवस्था थिएन्।
बन्धक बनेका एकजना युवका नेपालमा आमाको मृत्यु हुँदापनि घर आउन नदिएको भन्दै चरम यातना सहेर नेपालीहरु बस्न बाध्य भएको बताए। बन्धक बनाउने काममा विरेन्द्र शाही, मनिष तिवारीलगायत थुप्रै व्यक्तिहरु सक्रिय रहेको बताए।
निर्देशक जोशीले भारतमा बन्धक बनाइएका उनीहरुलाई घर फेरेर राखेको तथा भगाउँदै गरेको अवस्थामा समेत फेला पारेको बताए। रुद्रपुर र कासिपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर घरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि उद्धार अघि बढाइएको जानकारी दिए। किन इन्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई उद्धार गरिएको थियो।