नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव दाबी गरिएको ‘यामाहा ब्लू फेस्ट २०८२’ लगनखेल बसपार्कमा जारी छ। बिहीबार भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरू भएको हो।
कार्यक्रमको औपचारिक उद्घाटन स्थानीय जनप्रतिनिधि रायणलाल अवाले र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गरे।
असार १२ गतेदेखि १७ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका कुनै पनि बाइकलाई विभिन्न अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।
महोत्सवका विशेष अफरहरूमा जुनसुकै ब्रान्डका बाइक एक्सचेन्ज, यामाहा बाइकमा न्यूनतम ५० हजार र अन्य ब्रान्ड (कर चुक्ता अनिवार्य) मा न्यूनतम २५ हजारको मूल्याङ्कनको सुविधा छन्।
यसका अलावा एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस, छ हजारसम्मको नगद छुट, फ्री एक्सेसरीज, आर्थिक वर्ष ०८२/८३ को निःशुल्क सडक कर भुक्तान र ग्यारेन्टर नभइ ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा समावेश छन्।