असोज ३० गते २०८३ || October 16, 2026

बलात्कार अभियोगमा वाईसीएलका चौरजहारी इन्चार्ज पक्राउ


शुक्रबार, असार १३ २०८२११:५२

बलात्कार अभियोगमा वाईसीएलका चौरजहारी इन्चार्ज पक्राउ

वाईसीएलका रूकुम पश्चिमको चौरजहारी नगरपालिका इन्चार्ज रेशम केसी बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

जाजरकोटकी एक १७ वर्षीया किशोरीको जाहेरीमा वाईसीएलको कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका केसी गएराति सानीभेरी गाउँपालिकाको एक होटेलबाट पक्राउ परेका हुन् ।

रूकुम पश्चिम प्रहरी प्रमुख प्रमेश विष्टका अनुसार किशोरीले दुई महिना पहिले उनीविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेकी थिइन् । जाहेरीमा रेशमले २०७९ सालमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएको समेत उल्लेख छ । स्रोतका अनुसार उनीहरू एक-आपसमा प्रेममा थिए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend