झापामा दुई युवकको शंकास्पद रूपमा मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका-९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको उजुरी परेको प्रहरीले जनाएको छ।
एक साताअघि साथीसँग झगडा हुँदा थापा र तामाङ घाइते भएका थिए। घाइते दुवैजनाको उपचारका क्रममा मृत्यु भएको थियो। साथीसँग झगडा भएको र कुटपिट भएको विषयमा दुवैजनाले परिवारलाई भनेका थिएनन्। थापाको शनिबार र तामाङको बुधबार उपचारको क्रममा मृत्यु भएको हो। गत असार ११ गते कुटपिटको घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न रहेको शंकामा ६ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ।