गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिनुभएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेर शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएसँगै गृहमन्त्री लेखकले जिल्लास्थित सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशनसमेत दिनुभयो ।
गृहमन्त्री लेखकलाई जिल्लाको समग्र शान्तिसुरक्षा र विपद् व्यवस्थापनका बारेमा जानकारी गराइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गृहमन्त्रीलाई जिल्लाको समग्र शान्तिसुरक्षा र विपद् व्यवस्थापनका बारेमा ‘ब्रिफिङ’ गरेका छाँैं । उहाँले विपद् पूर्वतयारी तथा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ, सोहीअनुसार तदारुकताका साथ काम हुन्छ ।”