असोज ३० गते २०८३ || October 16, 2026

आज मोहर्रम पर्व मनाइँदै


आइतबार, असार २२ २०८२११:०५

आज मोहर्रम पर्व मनाइँदै

मुसलमान धर्मावलम्बीले   मोहर्रम पर्व हर्षोल्लासपूर्वक आजदेखि मनाउन सुरुवात गरेका छन्  । इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुआतसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ ।  केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समिति नेपालगञ्जका अध्यक्ष फिरोज अहमद हल्वाईले घरमै बसेर आज मोहर्रम पर्व मनाइने जानकारी दिए ।

उनले कोरोनाको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गरी पर्व मनाउन सबैलाई आग्रह गरिएको बताए । यसवर्ष पर्व अन्तर्गत निकालिने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगित गरिएको छ । ती समुदायले आ–आफ्नो घर अगाडि सजाएको ताजिया सेलाउन कर्बला जाँदा भीड जम्मा नहुने गरी आलोपालो मिलाउन आग्रह गरिएको छ। 

मुस्लिम अगुवा मोहम्मद हारुन हलवाईले यस वर्ष महामारीका कारण चाडपर्व घरभित्रै भीडभाड नहुने गरी मनाउन आग्रह गरिएको बताए । यस महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवारसहित बलिदानी दिएकाले यसैका स्मरणमा सो पर्व मनाउने गरिएको उनले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend