प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहमा ३३ सय बढीलाई छात्रवृत्ति दिने भएको छ ।
यसका लागि सीटीईभीटीले असार २३ गतेदेखि साउन ११ गतेसम्म इच्छुक विद्यार्थीहरूलाई आवेदन दिन अनलाइन फारम खुलाएको हो
प्रि-डिप्लोमा तहका लागि सीटीईभीटीले १६ वटा कार्यक्रम अन्तर्गत १ हजार २१५ कोटा निःशुल्क छात्तवृत्तिमा छुट्याएको छ । कृषि (प्लान्ट साइन्स), पशुपालन तथा एनिमल हेल्थ, भेटेरिनरी विज्ञान, सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, वाटर सप्लाई एन्ड स्यानिटरी, सर्वे, कम्प्युटर, मेकानिकल तथा अटोमोबाइल इन्जिनियरिङ, उद्यमशीलता विकास, होटल म्यानेजमेन्ट, कुलिनरी आर्ट समावेश छन्। एसईईमा नन ग्रेडेड ल्याएको विद्यार्थीले पनि प्रिडिप्लोमा तह अध्ययन गर्न पाउने छन् ।