काठमाण्डौँ -स्मार्ट सिटीका रूपमा परिचित वालिङ् नगरपालिकाले सुविधासम्पन्न बसपार्क निर्माण गर्ने भएको छ । वालिङ बजारको शीतलनगरमा नमूना बसपार्कको रूपमा झण्डै १५ करोडको लागतमा पार्क निर्माण गरिने भएको हो। पार्क निर्माणसँगै व्यवस्थित सवारी पार्किङको सुविधा पुग्ने बताइएको छ ।
स्मार्ट सिटीको नामले परिचित वालिङमा व्यवस्थित पार्किङ अभावले समस्या सिर्जना हुँदै आएको थियो। राजमार्ग छेउछाउमै सवारी साधन पार्किङ्ले बजार क्षेत्र साँघुरो भएको थियो ।