कात्तिक १ गते २०८३ || October 17, 2026

भारतीय नर्स जसलाई यमनमा दिइँदै फाँसी


बुधबार, असार २५ २०८२१२:३२

भारतीय नर्स जसलाई यमनमा दिइँदै फाँसी

यमनी नागरिकको हत्या मुद्दामा भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा फाँसी दिइने भएको छ। गत वर्ष यमनका राष्ट्रपति रसाद अल-अलिमीले उनको मृत्युदण्ड सजायलाई अनुमोदन गरेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले यस विषयमा नजर राखिरहेको छ र स्थानीय अधिकारी तथा निमिषाको परिवारसँग निरन्तर सम्पर्क गरिरहेको छ।  यमनी नागरिक तलाल अब्दो महदीलाई लागुऔषधको ओभरडोज दिएर हत्या गरेको कसुरमा भारतको केरला घर भएकी निमिषा २०१७ देखि यमनको जेलमा छिन्। निमिषा र महदी यमनको एक निजी क्लिनिकमा साझेदार थिए। महदीले निमिषाको राहदानी कब्जा गरेको र उनलाई यातना दिएको आरोप छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend