असोज ३० गते २०८३ || October 16, 2026

चक्कु प्रहार गरी ससुराको हत्या


बुधबार, असार २५ २०८२०१:१६

चक्कु प्रहार गरी ससुराको हत्या

चक्कु प्रहार गरी ससुराको हत्या गरेको आरोपमा प्रहरीले  ज्वाइँलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१५ का ६५ वर्षीय वासुदेव प्रसाद साहको हत्या आरोपमा वडा नम्बर २१ मा बस्ने ५५ वर्षीय ज्वाइँ बेचन महासेठलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

असार १८ गते वासुदेवकै घरमा बेचनले चक्कु प्रहार गरी हत्या गरेर फरार भएका थिए । उनीहरूको घरायसी विवादकै कारण हत्या गरिएको धनुषाका एसपी नरहरि रेग्मीले जानकारी दिए ।

मृतक परिवारका अनुसार ज्वाइँ बेचनले बारम्बार पैसा मागिरहेका थिए। पैसाका कारण उनीहरूबिच विवाद भएको थियो। ससुरा वासुदेवले जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षा निवेदन समेत दिएका थिए । पैसा नदिएकै कारण ज्वाइँले बेचनको हत्या गरेका थिए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend