नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यस्तै,आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य आइतबार २२ सय ८५ कायम भई नयाँ रेकर्ड बनाएको छ ।