असोज ३० गते २०८३ || October 16, 2026

बीस दिन अन्तरिक्षमा बसेर फर्के पृथ्वीमा


मंगलबार, असार ३१ २०८२०३:४७

बीस दिन अन्तरिक्षमा बसेर  फर्के पृथ्वीमा

भारतीय अन्तरिक्षयात्री शुभान्शु शुक्ला २० दिन अन्तरिक्षमा बसेर पृथ्वीमा फर्केका छन् । उनीसहित चार अन्तरिक्षयात्री २० दिन अन्तरिक्षमा बसेर पृथ्वीमा फर्किएका हुन् । लगभग २३ घण्टाको यात्रापछि उनीहरूको ड्र्यागन अन्तरिक्षयान मंगलबार दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे क्यालिफोर्नियाको समुन्द्रमा अवतरण गरेको थियो । 

चारै जना अन्तरिक्षयात्री एक दिन अघि साँझ ५ बजे आईएसएसबाट पृथ्वीको लागि प्रस्थान गरेका थिए । सबै अन्तरिक्षयात्री जुन २६ मा नेपाली समयअनुसार अपरान्ह ४ः१६ बजे आईएसएस पुगेका थिए । 

तिनीहरू जुन २५ मा मध्यान्ह १२ बजेतिर एक्सियम मिसन ४ अन्तर्गत प्रस्थान गरेका थिए । यो स्पेसएक्सको फाल्कन–९ रकेटमा जोडिएको ड्र्यागन क्याप्सुलमा केनेडी स्पेस सेन्टरबाट उडेको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend