असोज ३० गते २०८३ || October 16, 2026

घाँटीमा चेन लगाएका कारण एमआरआइ मेसिनले तानेर एक जनाको मृत्यु


आइतबार, साउन ४ २०८२०३:५९

घाँटीमा चेन लगाएका कारण एमआरआइ मेसिनले तानेर एक जनाको मृत्यु

अमेरिकाको लङ आइल्याण्डका एक व्यक्तिको एमआरआई मेसिनमा तानिएर दुखद मृत्यु भएको छ। सानो लापरवाहीका कारण कसरी एक व्यक्ति एमआरआई मेसिन भित्र फसेर मृत्यु भयो भन्ने घटनाको व्यापक चर्चा भइरहेको छ।

किथकी श्रीमती एड्रियन जोन्स-म्याकएलिस्टरले भबताएअनुसार उनी आफ्नो घुँडाको एमआरआई गराउन गएकी थिइन्। एमआरआई गरिसकेपछि उनले प्राविधिकलाई आफ्नो श्रीमानलाई कोठाभित्र पठाउन अनुरोध गरिन्। श्रीमानले आफूलाई टेबलबाट उठ्न मद्दत गर्ने उनको अपेक्षा थियो।

म्याकएलिस्टर स्क्यानिङ कोठामा प्रवेश गर्दा उनको घाँटीमा २० पाउण्डको धातुको चेन थियो। उनकी श्रीमतीका अनुसार उनले यो चेन तौल प्रशिक्षणको लागि प्रयोग गरेका थिए। कोठामा प्रवेश गरेको केही समयपछि एमआरआई मेसिनको शक्तिशाली चुम्बकले अचानक उनलाई भित्र तान्यो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend