असोज ३० गते २०८३ || October 16, 2026

ट्राफिक प्रहरीले ३० लाख उठायो राजस्व


मंगलबार, साउन ६ २०८२११:०७

ट्राफिक प्रहरीले ३० लाख उठायो  राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले गत आर्थिक वर्ष २०८१/८२मा ३० लाख १८ हजार पाँच सय रुपियाँभन्दा बढी राजस्व उठाएको छ। ट्राफिक निमय उल्लङ्घन गर्ने सवारी साधनका चालकलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको हो ।

दैलेख जिल्लाका विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले असार सान्तसम्मको अवधिमा तीन हजार तीन सय ४३ सवारी साधनका चालकलाई कारबाही गरिएको उहाँले बताउनुभयो ।जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन सवारी गर्ने, साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल, जिप, कार दोस्रो नम्बरमा ट्रक, बस, ट्याङ्कर, ट्याटर, अटो, टेम्पो रहेका ट्राफिक प्रहरी प्रमुख बुढाको भनाइ छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend