कात्तिक २ गते २०८३ || October 18, 2026

आज विदेशी मुद्राको विनिमय दर


मंगलबार, साउन ६ २०८२११:५५

आज विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ७८ पैसा र बिक्रीदर १३८ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ६७ पैसा र बिक्रीदर १६१ रुपियाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ५३ पैसा र बिक्रीदर १८६ रुपियाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ३४ पैसा र बिक्रीदर १७३ रुपियाँ नौ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८० पैसा र बिक्रीदर ९० रुपियाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ५१ पैसा र बिक्रीदर १०० रुपियाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४८ पैसा र बिक्रीदर १०७ रुपियाँ ९४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७३ पैसा र बिक्रीदर ३६ रुपियाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८०  पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा कायम भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend