असोज ३० गते २०८३ || October 16, 2026

आजको सेयर कारोबार


बिहीबार , साउन ८ २०८२०५:२९

आजको  सेयर कारोबार

लगातार आठ दिनमा पनि नेप्से परिसूचक बढेको छ। बिहीबार मात्रै नेप्से परिसूचक ३.७६ ले बढेर २९८२ मा आएपछि बजार बन्द भयो। आठ  दिन लगातार बढ्दा नेप्से परिसूचकले २५६.८० अंक जोडेको छ। 

नेप्से परिसूचक तीन हजार विन्दुको प्रतिरोध परिक्षणमा छ। यो यसअघिको नजिकको उच्च विन्दु हो। यस दिन १८ अर्ब ४९ करोड रूपैयाँको सेयर कारोबार भएको छ। मंगलबारयता कारोबार रकम क्रमशः घट्न थालेको छ।

कारोबारमा आएका तीन सय ३८ सेयर, ऋणपत्र र सामूहिक लगानी कोषका इकाइ मध्ये एक सय ४५ को मूल्य बढेर कारोबार भएको छ। एक सय ७१ वटा कम्पनीको सेयर मूल्य घटेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend