असोज २९ गते २०८३ || October 15, 2026

४ म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन


सोमबार, भदौ ९ २०८२११:१५

४ म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन

 नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ४ वटा म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ।आज सोमबार दोस्रो बजारमा यी म्युचुअल फण्डहरूको समायोजित मूल्यबाट कारोबार खुल्नेछ।

मूल्य समायोजनपछि कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ९.०५ रुपैयाँ, कुमारी इक्विटी फण्डको इकाई मूल्य ८.९१ रुपैयाँ, आरबिबि म्युचुअल फण्ड १ को इकाई मूल्य ९.३१ रुपैयाँ र आरबिबि म्युचुअल फण्ड २ को इकाई मूल्य ८.९४ रुपैयाँ कायम भएको छ।

हिजो कारोबार समयपछि कुमारी धनवृद्धि योजनाको १०.१० रुपैयाँ, कुमारी इक्विटी फण्डको १०.०६ रुपैयाँ, आरबिबि म्युचुअल फण्ड १ को ११.३१ रुपैयाँ र आरबिबि म्युचुअल फण्ड २ को १०.२४ रुपैयाँ अन्तिम मूल्य थियो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend