असोज ३० गते २०८३ || October 16, 2026

बैंकहरुविरुद्ध आन्दोलन घोषणा गर्दै उद्योगी व्यवसायीले गरे हस्ताक्षर संकलन


पिपल अनलाइन
शुक्रबार, पुस १५ २०७९०५:१७

बैंकहरुविरुद्ध आन्दोलन घोषणा गर्दै उद्योगी व्यवसायीले गरे हस्ताक्षर संकलन

काठमाण्डौँ - नेपाल राष्ट्र बैंकको चालू पूँजी मार्गदर्शन तथा बैंकहरुले आफूहरुप्रति गरेको अव्यवहारिक नीतिका विरुद्ध रुपन्देहीका उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले दाङमा गरेको प्रदेशस्तरीय भेलाले गरेको निर्णयअनुसार उनीहरु आन्दोलित भएका हुन् । भेलाले पुस २० गतेसम्मका आन्दोलनका कार्यक्रम तय गरेको छ । त्यसवेलासम्म आफूहरुको माग सम्बोधन नभए २२ गते काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरिएको छ ।

घोषित आन्दोलनका कार्यक्रमअनुसार बुटवलमा क्रियाशील विभिन्न व्यवसायिक संघसंस्थाहरुले हस्ताक्षर संक्रलन सुरु गरेका हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको संयोजनमा रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ बुटवल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले संयुक्त रुपमा हस्ताक्षर संकलन गरेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend