एक वर्षमा १३३ वटा निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ असार मसान्तसम्ममा बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता तथा निर्माण कम्पनी कालो सूचीमा परेका हुन्।
कालो सूचीमा परेका कुल कम्पनीमध्ये ५ वटा कम्पनी कालो सूचीबाट हटेका छन्। यस्तै २० वटा कम्पनी निलम्बनमा परेको कार्यालयले जनाएको छ। सार्वजनिक खरिद प्रक्रियाका सर्त पूरा नगर्ने कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा कालोसूचीमा राख्न सक्ने व्यवस्था सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ तथा सार्वजनिक खरिद नियमावलीको नियम १४१ मा छ।