असोज ३० गते २०८३ || October 16, 2026

काठमाडौंमा तरकारी किन्न गएकी एक महिलाको सुनको सिक्री लुटपाट


आइतबार, साउन ११ २०८२०२:३२

काठमाडौंमा तरकारी किन्न गएकी एक महिलाको सुनको सिक्री लुटपाट

काठमाडौंमा तरकारी किन्न गएकी एक महिलाको सुनको सिक्री लुटिएकोे छ। काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित तरकारी बजारमा शनिबार बिहान साढे ७ बजे तरकारी किन्ने क्रममा ती महिलाको सिक्री लुटपाट भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले सामाखुसी टाउनप्लानिङ बस्ने ५१ वर्षीया लक्ष्मी घिमिरेको दुई तोला २५ लालको सिक्री लुटपाट भएको बताए। उक्त सिक्री चार लाख ३८ हजार ७७ रुपैयाँ बराबरको हो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend