एक जोडी युवक र युवतीको कल सेन्टरमा काम गरेका आधारमा चिनजान, मित्रता खनि प्रेम हुन्छ।नियमित जस्तो सम्बन्ध घनिष्ठ हुन्छ, सानातिना उतारचढावबीच बिहेको निधोमा पुग्छन्। केटी हिन्दू परिवारकी रहेकाले घरको अनुमति माग्छिन्, पाउँदिनन्। केटा मुस्लिम भएकाले उनले पनि घरको अनुमति नपाएपछि दुवै जनाले मुम्बई छाड्ने र नयाँ दिल्लीमा बस्ने निधो गर्छन्।
उनीहरू बिहे गर्ने सर्तमा लिभ इन रिलेशनमा बस्न थाल्छन्। अनि साधारण खटपटदेखि यो सम्बन्ध एउटा नृसंश हत्या प्रकरणमा पुग्छ। श्रद्धा वाकर एक २७ वर्षीया भारतीय युवती थिइन्, जसको हत्या १८ मे २०२२ मा दिल्लीमा उनका प्रेमी र लिभ–इन पार्टनर २८ वर्षीय आफताब अमिन पूनावालाले गरेका थिए।पूनावालाले कथित रूपमा श्रद्धाको घाँटी थिचेर हत्या गरेपछि उनको शवलाई ३५ टुक्रामा काटेका थिए। ती टुक्राहरू उनले दक्षिण दिल्लीको महरौलीस्थित आफ्नो निवासमा राखेका थिए।
शव टुक्राहरूलाई उनले करिब तीन हप्ता सम्म ३०० लिटरको फ्रिजमा सुरक्षित राखे र त्यसपछि धेरै दिनसम्म विभिन्न स्थानहरूमा लगेर फाले।यो घटना हत्या भएको करिब ६ महिनापछि मात्र सार्वजनिक भयो। श्रद्धाका पिताले उनकी छोरीका साथीहरूबाट श्रद्धासँग करिब ढाई महिना सम्पर्क हुन नसकेको थाहा पाएपछि हराएको उजुरी दिए।
१८ मे २०२२ का दिन आफताबले श्रद्धासँग झगडा भएपछि उनको घाँटी थिचेर हत्या गरेका थिए। पछि उनको परिचय लुकाउने उद्देश्यले श्रद्धाको अनुहार जलाएको र शवलाई ३५ टुक्रामा काटेको बताइएको छ।शवका टुक्राहरू राख्न ३०० लिटरको ठूलो फ्रिज प्रयोग गरिएको थियो। उनले ती टुक्राहरू छतरपुरको जंगलमा राति झन्डै २ बजेतिर, शंका नपार्न, एक–एक गर्दै लगेर फाल्दै गए।
१२ नोभेम्बर २०२२ मा दिल्ली प्रहरीले आफताबलाई पक्राउ गरेपछि यी रहस्य खुल्छन्। श्रद्धाका पिताले आफताबलाई मृत्युदण्डको सजाय दिनुपर्ने माग गर्छन्।
श्रद्धाका साथीहरू र परिवारका सदस्यहरूले बताएकाअनुसार, अफताबले श्रद्धालाई पटक–पटक शारीरिक रूपमा दुव्र्यवहार गर्थे। बयानहरूमा असंगति देखिएपछि र प्रमाण फेला परेपछि प्रहरीले उनीबाट विस्तृत सोधपुछ गरेको थियो।त्यसपछि अफताबले हत्या गरेको स्वीकार गरे र श्रद्धाका टुक्रिएको शव फेला पार्न जंगलसम्म लगियो।
आफताब पूनावालामाथि दिल्ली प्रहरीले हत्या र शव टुक्राएको आरोप लगाएको थियो। अभियोगपत्र प्रमाण र साक्षीहरूको बयानमा आधारित थियो। अनुसन्धानमा उनी अन्तिमपटक दिल्लीमा रहेको देखिएपछि पक्राउ गरियो।
परीक्षणको क्रममा उनले श्रद्धाको मोबाइल फोन र शव टुक्राउन प्रयोग भएका हतियारबारे महत्वपूर्ण जानकारी दिएका थिए।सूचनाहरूअनुसार, नार्को विश्लेषण परीक्षणका क्रममा उनी खुलस्त हुँदै गए र उनले प्रयोग गरेका हतियारहरू, मोबाइल फोन कहाँ फालेको जस्ता तथ्यहरू स्वीकार गरे। यसअघि गरिएको पोलीग्राफ परीक्षणमा पनि उनले हत्या स्वीकार गरेका थिए।
प्रहरीसमक्ष आफताबले हत्या गर्नुको कारण बताउँदै भनेका छन् कि श्रद्धा उसमाथि विवाहको दबाव दिइरहेकी थिइन्।डाक्टर पूजा शिवम जेटली भनेकी थिइन्, ‘धेरैजसो मानिसहरू त्यस्तो सामग्री हेर्न चाहन्छन्, जसले उनीहरूलाई रोमाञ्चित बनाओस्।तपाईं यसलाई यसरी बुझ्न सक्नुहुन्छ कि यदि सामान्य मानिसहरूले पनि यस्ता सामग्री वा क्रियाकलापलाई लामो समयसम्म हेर्छन् वा अपनाउँछन् भने त्यसले उनीहरूको मानसिक अवस्थामा असर पार्छ।’