असोज ३० गते २०८३ || October 16, 2026

आजको विदेशी मुद्राको विनिमयदर


शुक्रबार, साउन १६ २०८२११:१६

आजको विदेशी मुद्राको विनिमयदर

 नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।


युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ८० पैसा र बिक्रीदर १०८ रुपैयाँ २६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २८ पैसा र बिक्रीदर चार रुपैयाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४४ पैसा र बिक्रीदर २१ रुपैयाँ ५३ पैसा तोकिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend