आज सुन तोलामा १०० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी तोलामा २ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।