असोज ३० गते २०८३ || October 16, 2026

बजेट कार्यान्वयनमा समयतालिका बनाउन सचिवलाई अर्थमन्त्रीको निर्देशन


बिहीबार , साउन २२ २०८२०३:२०

बजेट कार्यान्वयनमा समयतालिका बनाउन सचिवलाई अर्थमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवलाई निर्देशन दिएका छन्  । 

अर्थ मन्त्रालयमा बिहीबार भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन्  । उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले विद्यमान कानुनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए  । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक खर्ब २८ अर्ब रुपियाँ संकलन भएको थियो जुन कूल राजस्वको १०.९ प्रतिशत हो । 

बैठकमा गैरकर राजस्वसम्बन्धी थप स्रोत पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend