एक जनाको ज्यान जाने गरी भएको झडपको विषयमा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। छानबिन समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ।
शुक्रबार राति भएको झडपमा परी धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन्।