माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकमा उल्लेखनीय वृद्धि हासिल गर्दै नाफा झण्डै दोब्बर बढाएको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोड रुपैयाँ मात्र नाफा गरेको बैंकले यस वर्ष २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको हो, जुन ९२.४५ प्रतिशतले बढी हो।
बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढ्दै ५ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। यसै अवधिमा सञ्चालन नाफा झण्डै १ सय प्रतिशतले वृद्धि भई ३ अर्ब ३३ करोड रुपैयाँमा पुगेको छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी (EPS) पनि अघिल्लो वर्षको ८.८९ रुपैयाँबाट बढेर १७.३१ रुपैयाँ पुगेको छ।