असोज २९ गते २०८३ || October 15, 2026

देशका धेरै ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना


सोमबार, साउन २६ २०८२११:०४

देशका धेरै ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक/दुई ठाँउमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै पहाडी भू-भागका धेरै ठाउँहरुमा र मधेश प्रदेशलगायतका तराई भू-भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति कोशी प्रदेशको पहाडी भू-भाग तथा मधेश प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तैमधेश,कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागकाका धेरै ठाउँहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend