काठमाडौं महानगरपालिका-२२, न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आइफोनमा पाँच प्रतिशत र म्याकबुकमा २० प्रतिशत तथा आइफोन र म्याकबुकका सामग्रीहरूमा छुट पाउने भएका छन्। त्यसैगरी क्रेडिटकार्ड होल्डरहरुलाई इन्स्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन्। सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ।