सञ्चालनमा रहेका वाणिज्य बैङ्कले साउनको तुलनामा भदौको ब्याजदर घटाएका छन् । साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसतमा ५.६९ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेका बैङ्कले भदौमा ५.५७ प्रतिशत विन्दुका दरले ब्याज दिने भएका छन् । त्यस्तै संस्थागत मुद्दती निक्षेपमा ४.११ प्रतिशत विन्दु रहेको बैङ्कको अधिकतम औसत ब्याजदर भदौ महिनामा ३.९६ प्रतिशत विन्दुमा झरेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपमा भदौमा एनआइसी एसिया बैङ्कले सबैभन्दा बढी ब्याज दिने भएको छ । बैङ्कले अधिकतम ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो । बैङ्कले साउनकै ब्याजदरलाई निरन्तरता दिएको हो ।