असोज ३० गते २०८३ || October 16, 2026

राजु गोर्खाली १० करोडको चेक बाउन्समा पक्राउ


आइतबार, भदौ १ २०८२०६:१४

राजु गोर्खाली १० करोडको चेक बाउन्समा पक्राउ

गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली पक्राउ परेका छन। उनी माथि ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकाली स्थित हिरासतमा ल्याएको छ। उनी पक्राउ पर्नुमा १० करोड रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एक अधिकृतले बताएका छन्।

पीडितको नाम भने प्रहरीले खुलाएको छैन। गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान भई रहेको प्रहरीले बताएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend