असोज ३० गते २०८३ || October 16, 2026

झुन्डिएको अवस्थामा भेटिइन् स्वास्थ्यकर्मी


सोमबार, भदौ २ २०८२१२:५४

झुन्डिएको अवस्थामा भेटिइन् स्वास्थ्यकर्मी

बैतडीको एक स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी (अनमी) मृत फेला परेकी छन्।मृत फेला पर्नेमा पुर्चौंडी नगरपालिका-१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी विष्ट रहेकी छिन्।

बस्ने कोठामा आइतबार राति ८ बजेतिर विष्ट झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए।पुर्चाैडी-१० चौमाला घर भएकी मृतक विष्टका श्रीमान् नेपाली सेनामा कार्यरत रहेका र गत वैशाखमा मात्रै उनीहरूको विवाह भएको थियो।घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend