एसियाली उबुन्टु समुदायलाई एकसाथ जोड्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन ‘उबु–कन एसिया’ २०२५ नेपालमा आयोजना हुने भएको छ ।
अगस्ट ३० र ३१ तारिखमा पाँचौं संस्करणको ‘उबु–कन एसिया २०२५’ काठमाडौंको सेन्ट जेभियर्स कलेजमा आयोजना हुनेछ ।
हरेक वर्ष आयोजना हुने यस सम्मेलनमा उबुन्टु र फ्री एण्ड ओपन सोर्स सफ्टवेयरमा रूची राख्ने व्यक्तिहरू, इन्जिनियर, सिर्जनाकर्ता, अनुसन्धानकर्ता, उद्यमी तथा योगदानकर्ता सहभागी हुनेछन् ।