असोज ३० गते २०८३ || October 16, 2026

संसद भवनभित्रै मृत भेटिए फिनल्याण्डका युवा सांसद


बुधबार, भदौ ४ २०८२१०:४६

संसद भवनभित्रै मृत भेटिए फिनल्याण्डका युवा सांसद

फिनल्याण्डमा संसद भवन भित्रै एक जना सांसद मृत भेटिएका छन्।

सोसल डेमोक्र्याटिक पार्टीका ३० वर्षीय सांसद इमेली पेल्टोनेन  राजधानी हेलसिन्कीस्थित मुख्य संसद भवनभित्रै मृत भेटिएका हुन्।

बिहान ११:०६ बजे प्रहरी घटनास्थल पुगेको थियो।

संसदमा ग्रीष्मकालीन बिदा चलिरहेको थियो।

घटनापछि फिनल्यान्डको सबै दलका राजनीतिज्ञहरूले दुःख व्यक्त गरेका छन्।

सोसल डेमोक्रेटिक संसदीय दल नेता टिट्टी टुप्पुरेनेनले विज्ञप्ती जारी गरेर घटनाप्रति दुःख व्यक्त गरिन्।

उनले अस्पतालबाट डिस्चार्ज भइसकेको तर स्वास्थ्य अवस्थाका कारण बिरामी बिदामा बसेर पूर्ण रूपमा निको हुनमा ध्यान केन्द्रित गरिरहेको बताएका थिए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend