असोज २९ गते २०८३ || October 15, 2026

इजरायलद्वारा गाजा शहर कब्जा गर्ने तयारी, ६० हजार सैनिक तैनाथ


बिहीबार , भदौ ५ २०८२११:१२

इजरायलद्वारा गाजा शहर कब्जा गर्ने तयारी, ६० हजार सैनिक तैनाथ

इजरायलले गाजा शहरमा पूर्ण नियन्त्रण कायम गर्न र त्यहाँको जनसंख्यालाई विस्थापित गर्न ठूलो मात्रामा सैन्य तयारी सुरु गरेको छ। 

सरकारले गाजा शहरमा आक्रमण गर्ने योजनाअनुसार ६० हजार रिजर्भ सैनिक तैनाथ गरिसकेको छ। आगामी दिनमा थप २० हजार सैनिक परिचालन गरिने र यो अभियानभर कुल १ लाख १० हजारदेखि १ लाख ३० हजार सैनिकलाई तैनाथ गरिने सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

यसैबीच, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको २२ महिना लामो आक्रमणमा गाजामा ६२ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। स्वास्थ्य अधिकारीहरूले भोकमरीका कारण मृत्यु हुनेको संख्या पनि दिनहुँ बढिरहेको बताएका छन्। मन्त्रालयका अनुसार, मंगलबारसम्म गाजामा ११२ बालबालिकासहित कम्तीमा २६६ जनाको भोकमरीबाट मृत्यु भएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend