प्रहरी प्रधान कार्यालयले मातहतका अधिकारी र कर्मचारीलाई आफूबीच या सेवाग्राहीसामू अश्लील भाषाको प्रयोग नगर्न निर्देशन दिएको छ।
सार्वजनिक भेटघाट, औपचारिक वा अनौपचारिक कुराकानीका क्रममा सेवाग्राही, प्रहरी कर्मचारी वा आफू–आफूबीचमा त्यस्तो भाषा प्रयोग गर्ने गरेको गुनासो सम्बोधनका क्रममा महानिरीक्षकको सचिवालयअन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले उपत्यका प्रहरी कार्यालयसहित सातै प्रदेश कार्यालय र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई परिपत्र गर्दै असल आचरण व्यवहारको प्रवद्र्धन गर्न निर्देश गरेको हो।