राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही–३ का आकांक्षी नौ उम्मेदवार पार्टी सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार पुगेका छन् ।
पार्टी सभापति लामिछानेलाई भेट्न उनीहरू आज (आइतबार) ललितपुरस्थित नक्खु कारागार पुगेका हुन् ।
आउँदो कात्तिक १७ गते हुने रूपन्देही–३ मा उपनिर्वाचन हुँदैछ । जसका लागि रास्वपाबाट नौं जना आकांक्षी छन् । उनीहरूमध्येबाट एक जनालाई रास्वपाले आजै उम्मेदवार घोषणा गर्दैछ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने मुद्दा पुर्पक्षका निम्ति थुनामा छन् रास्वपाले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवदेन माग गरेकोमा ९ जना छनोट भएका थिए।