नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।